
एजेन्सी । बंगलादेशको राजधानी ढाकामा सोमवार वायुसेनाको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । अन्य १६४ जना घाइते भएका छन् ।
बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारले प्रकाशन गरेको समाचारमा उल्लेख भएअनुसार, मृतक र घाइतेहरूलाई विभिन्न अस्पताल लगिएको छ ।
वायुसेनाको प्रशिक्षण विमान माइलस्टोन स्कूल र कलेजको भवनमा ठोकिएको थियो ।
७० जना घाइतेलाई उपचारका लागि नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा लगिएको थियो । त्यहाँ पुगेका दुईजनाको मृत्यु भएको थियो ।
घाइतेमध्ये १४ जनालाई कम्बाइन्ड मिलिटरी हस्पिटल लगिएको थियो । ११ जना मृतकको शरीर त्यही अस्पतालमा छ ।
अन्य दुई मृतकलाई कुर्मितोला सदर अस्पताल लगिएको छ भने थप दुई मृतकलाई लुब्ना जनरल हस्पिटल एन्ड कार्डियाक सेन्टर लगिएको छ ।
दुर्घटनाको कारण पत्ता लागेको छैन ।








प्रतिक्रिया