बिहारको भोटर लिस्टमा नेपालीहरूको नाम भेटिएपछि विवाद

2.5k
Shares

एजेन्सी । भारतको चुनाव आयोगका कर्मचारीहरूले बिहारमा भोटर लिस्टको समीक्षा गर्दा नेपाली, बंगलादेशी र म्यान्मारीहरू ठूलो संख्यामा रहेको फेला पारेका छन् ।

सेप्टेम्बर ३० मा अन्तिम मतदाता सूची सार्वजनिक गरिनेछ । उक्त सूचीमा अवैध आप्रवासीहरूको नाम समावेश नगरिने आयोगले जनाएको छ । अगस्ट १ देखि अवैध आप्रवासीहरूको विषयमा पूर्ण छानबिन गरिनेछ ।

आयोगका कर्मचारीहरूले बिहारको घरघरमा गएर मतदाताहरूको नाम रुजु गरेका थिए । त्यसक्रममा उनीहरूले नेपाल, बंगलादेश र म्यान्मारका मानिस ठूलो संख्यामा रहेको पाएका थिए ।

विदेशी अवैध आप्रवासीहरूको जन्मस्थानका बारेमा जाँचबुझ गरेर चुनाव आयोगले मतदाता सूचीको सघन समीक्षा गर्नेछ । विदेशीहरूलाई भारतबाट बाहिर पठाउनका लागि यस छानबिनले सहयोग गर्ने बताइएको छ ।

बिहारमा यसै वर्ष विधानसभा निर्वाचन हुँदैछ । असम, केरला, पुडुचेरी, तमिलनाडु र पश्चिम बंगालमा सन् २०२६ मा चुनाव हुँदैछ ।