नेपालले टेस्ट टोली वेस्ट इण्डिजसँग टी–ट्वान्टी श्रृंखला खेल्ने

385
Shares

काठमाडौं । नेपालल अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण सदस्य (टेस्ट मान्यता प्राप्त टोली) वेस्ट इण्डिजसँग ट्वान्टी–२० श्रृखला खेल्ने भएको छ । ३ खेलको श्रृखला आगामी २०२५ सेप्टेम्बरमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । युएईको शारजाह क्रिकेट स्टेडियममा उक्त श्रृंखला हुने क्यानले जनाएको छ ।

पहिलो खेल २७ सेप्टेम्बर, दोस्रो खेल २८ सेप्टेम्बर र श्रृंखलाको अन्तिम खेल २८ सेप्टेम्बरमा हुने क्यानले जनाएको छ । नेपालले टेस्ट टोसीसँग खेल्न लागेको पहिलो अन्तराष्ट्रिय श्रृंखला हो । आइसीसीको आधिकारिक प्रतियोगितामा नेपालले टेस्ट टोलीसँग प्रतिस्पर्धा गरे पनि दुई देशीय क्रिकेट श्रृंखलामा खेलेको छैन ।