
काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले यातायात सञ्चालनमा रोक लगाएपछि राइड सेयरिङ कम्पनीले यात्रुबाट आफुखुशी भाडा असुल गरेको पाइएको छ ।
सार्वजनिक सवारी साधन बन्दका कारण मौकाको फायदा उठाउँदै पठाओ, इन ड्राइभ, टुटललगायतका राइड सेयरिङ कम्पनीले अफलाइनमार्फत यात्रुबाट आफुखुशी भाडा असुल गर्दैआएका छन् । नेपाल प्रहरीले यो बिषयमा ध्यानाकर्षण भएको बताउँदै राइड सेयरिङमार्फत बढी भाडा असुल्ने कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
अफलाइनबाट भाडा रकममा अत्यधिक मोलमोलाई भइरहेको सूचना प्राप्त भएकाले राइड सेयरिङ कम्पनीलाई बढी रकम नलिन प्रहरीले चेतावनी दिएको छ । साथै बढी रकम असुल गर्ने कम्पनीविरुद्ध उजुरी दिन पनि नेपाल प्रहरीले आग्रह गरेको छ ।
यसैबीच सार्वजनिक यातायात सञ्चालनमा रोक लागेपछि प्रहरीले यात्रुहरुलाई निःशुल्क रुपमा सवारी साधनको सुविधा उपलब्ध गराएको छ ।
प्रहरीले दुई वटा रुट निर्धारण गरी निःशुल्क वस सेवा उपलब्ध गराएको छ । जसअनुसार पहिलो रुटमा नक्साल, वालुवाटार, टिचिंग, चक्रपथ, नयाँ वसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतिघर, पुतलिसडक र जयनेपाल सिनेमा हलसम्मको रुट तय गरिएको छ ।
यस्तै दोश्रो रुटमा नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यविनायक, चावहिल, सुकेधारा, चक्रपथ, टिचिंग, वालुवाटारसम्मको रुट तोकिएको छ ।









प्रतिक्रिया