
काठमाडौं । सरकारले भेप, इलेक्ट्रिक सिगरेट, हुक्का फ्लेभर पानमसला, माउथ फ्रेसनरमा पनि स्वास्थ्य जोखिम कर लगाएको छ ।
हालसम्म बिँडीमा प्रतिखिल्ली तीस पैसा र चुरोट, सिगारमा प्रतिखिल्ली साठी पैसा लाग्दै आएकामा इलेक्ट्रिक सिगरेट, भेप, खानेसुर्ती, खैनी, गुट्खा, पानमसला, सुगन्धित सुपारी, माउथ फ्रेसनर र हुक्का फ्लेवरमा यस्तो कर लगाउने भएको हो ।
दहन नगरी सासले तान्ने उद्देश्यले विद्युतीय चार्ज गर्न मिल्ने वा नमिल्ने गरी तयार पारिएका हिटेड टोबाकोमा भन्सार महसुल प्रयोजनको लागि कायम भएको मूल्यको १० प्रतिशत, दहन नगरी सासले तान्ने उद्देश्यले विद्युतीय चार्ज गर्न मिल्ने वा नमिल्ने गरी तयार पारिएका निकोटिनयुक्त वा निकोटिन रहित ईलेक्ट्रोनिक चुरोट वा भेपमा प्रतिगोटा तीस रुपैयाँ स्वास्थ्य जोखिम कर लाग्ने भएको हो ।
यसैगरी निकोटिनयुक्त वा निकोटिन रहित वस्तुका तत्व मिश्र धुम्रपान गर्ने, चपाउने, मुखमा राख्ने, तयारी खानेसुर्ती, खैनी, गुट्खा, पानमसला, सुगन्धित सुपारी, माउथ फ्रेसनर र हुक्का फ्लेवरमा प्रति किलोग्राम साठी रुपैयाँ स्वास्थ्य जोखिम कर लाग्नेछ ।







प्रतिक्रिया