वृद्धभत्ता नबढ्ने, उमेर पनि यथावत

406
Shares

काठमाडौं । सरकारले वृद्धभत्ता नबढाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले महिला, ज्येष्ठ नागरिक तथा बालबालिकातर्फका कार्यक्रम र सरकारको योजना घोषणा गर्ने क्रममा वृद्धभत्ताबारे कुनै कुरा गरेनन् ।

यसैगरी वृद्धभत्ताको उमेरबारे पनि बजेट वक्तव्य मौन रहेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार र गुणस्तरीय जीवनको भने सरकारले सुनिश्चित गर्ने पौडेलले घोषणा गरे ।

हाल ६८ वर्ष उमेर पार गरेपछि मासिक ४ हजार रूपैयाँ वृद्धभत्ता दिइँदै आएको छ ।