
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेतासँग बालुवाटारमा छलफल गरेका छन् ।
प्रधानमन्त्री निवासमा सम्पन्न उक्त छलफलमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारी सहभागी थिए भने नेपाली कांग्रेसतर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजू राणा सहभागी थिए।
भिजिट भिसामा विदेश जाने यात्रुहरूबाट शुल्क असुलिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखाका अधिकारीहरूविरुद्ध छानबिन भइरहेको छ । यस प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको आरोपसहित राजीनाको माग समेत भइरहेका बेला छलफल भएको हो ।








प्रतिक्रिया