
काठमाडौं । संघाई परिवारको स्वामित्व रहेको त्रिवेणी राइस इन्डस्ट्रिजले सञ्चालनमा आएको एक वर्षमै उच्च व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ५६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् २०२३ मा स्थापना भएको कम्पनीले चामल उत्पादन गर्दै आएको छ । कम्पनीले चामलसँगै चामलबाट उत्पादन भएको हस्क, ब्रोकन राइस, ब्रान, रिजेक्सन र नक्कुको व्यापार गर्दै आएको छ ।
प्रतिघण्टा ८ मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २५ करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७४ करोड ६० लाख रुपैयाँको गराएको छ ।
सन् २०२३ को सेप्टेम्बरबाट व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरिसकेको छ । कम्पनीको अध्यक्ष विरेन्द्रकुमार संघाई हुन् ।







प्रतिक्रिया