कालिमाटी तरकारी थोक बजार : तोफु प्रतिकिलो १२६.६७ रुपैयाँ, अन्यको मूल्य कति ?

119
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा मंगलबार ठूलो गोलभेडा ४५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

त्यसैगरी सानो गोलभेडा लोकल ४५, सानो गोलभेडा टनेल ५५, रातो आलु ३७.३३, प्याज ३७, गाजर लोकल ४५, गाजर तराई २५, बन्दा लोकल १२.३३, स्थानीय काउली ३२.५०, सेतो मुला लोकल १७.३३, लाम्चो भान्टा २७.६७, डल्लो भान्टा २७.६७, तने बोडी ६५, मटरकोशा ८७.५०, घिउ सिमी लोकल ३५, घिउ सिमी हाइब्रीड २७.५०, घिउ सिमी राजमा ९५, तिते करेला २५ र लौंका १५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै परवर लोकल ५५, परवर तराई ५५, घिरौला २५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ४५, हरियो फर्सी डल्लो २०, भिण्डी २५, पिडालु ९५, रायो साग ४५, पालुङ्गो साग ७५, चमसुर साग ७५, तोरीको साग २५, मेथीको साग ७५, प्याज हरियो ५५, कन्ये च्याउ १४०, डल्ले च्याउ २६०, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ७५, सजिवन(मुन्गा) ८५, बन्दा रातो ५०, जिरीको साग ६०, सेलरी १९३.३३, पार्सले ४००, सौंफको साग ८५, तामा ९५, तोफु १२६.६७, गुन्द्रुक ३२६.६७, रुख कटहर ७५, अदुवा ११५, भेडे खुर्सानी ४७.६७ र नेपाली लसुन १९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

Skip This