
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवाले तीन दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका छन् ।
उनको भ्रमण अवधिमा प्रधानमन्त्री, सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू, प्रमुख प्रतिपक्ष दलका नेता तथा मधेशी मोर्चाका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपालका सम्पूर्ण राजनीतिक दलहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले चौथाईवालेको भ्रमण भएको जनाइएको छ ।
उनले शुक्रबार नेपाल भ्रमण सकेर फर्किने कार्यक्रम छ ।








प्रतिक्रिया