६ प्रदेशमा वर्षाको सम्भावना

518
Shares

काठमाडौं । नेपालको वायुमण्डलमा अहिले पश्चिमी वायु, स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ ।

जसका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा स्थानमा हिमपातको सम्भावना रहेको छ।