नवीन जीवन बिमा प्रोडक्टले चर्चामा सन नेपाल लाइफ, यी हुन् आकर्षक तीन योजना

2.1k
Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत असोजमा सनलाइफ मेडिकेयर (आपतमा राहत) र सुनौलो बाल समृद्ध जीवन बिमा योजना सार्वजनिक गर्यो । कम्पनीले आफ्नो ७ औं वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गरेको यी दुई योजना नविक, आकर्षक र लाभदायक रहेका छन् जसका कारण यसतर्फको आकर्षण बढ्दो मात्रामा छ ।

यस्तै, कम्पनीको सन लाइफ सावधिक जीवन बिमा पनि निकै लोकप्रिय योजना हो । यसलाई बिमितहरुले धेरै रुचाएका छन् भने यसमा जोडिनेक्रम निरन्तर बढ्दै गएको छ । यसका अलावा सन नेपालसँग नागरिक लक्षित थुप्रै योजना तथा प्रोडक्टहरु छन् । हुन त सन नेपालले जीवन बिमाको क्षेत्रमा राम्रो प्रोडक्टमार्फत् सहज सुविधा प्रदान गरेर आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ ।

सन् २०१७ मा स्थापित सन नेपाल लाइफ इन्स्योरेन्स नवीन उत्पादन ल्याउने मुख्य बिमा कम्पनीमा पर्दछ । स्थापना कालदेखि नै कम्पनीले ठोस वित्तीय स्थिति प्राप्त गर्दै नेपाली बिमा उद्योगमा उल्लेखनीय र प्रभावकारी काम गर्दै आएको छ । यस कम्पनीका प्रबर्द्धक प्रसिद्ध व्यवसायी र व्यावसायिक घराना रहेकाले यस कम्पनीप्रतिको विश्वास ठूलो छ ।

हालसम्मको यात्रामा सन नेपालले व्यक्ति र परिवारको वित्तीय सुरक्षा र कल्याणको रक्षा गर्न समर्पित जीवन बिमा समाधानहरूको एक विश्वसनीय काम गरिरहेको छ । ग्राहक–केन्द्रित प्रतिबद्धता र दीर्घकालीन सम्बन्धमा ध्यान केन्द्रित गर्दै ग्राहक लक्षित काम गरेको हुनाले यस कम्पनीतर्फ नागरिकको विश्वास बढ्दै गएको हो । पछिल्लो प्रोडक्ट नवीन र फाइदाजनक रहेकाले यसतर्फको आकर्षण बढ्दै गएको कम्पनीले उल्लेख गरेको छ ।

सन नेपाल लाइफका प्रोडक्ट, विशेषता र फाइदा:

सन मेडिकेयर

सन मेडिकेयर नवीन बिमा सुविधा हो । यसले आकस्मिक रुपमा आइपर्ने स्वास्थ्य समस्याहरुमा तत्काल आर्थिक राहत प्रदान गर्दछ भने दुर्घटना तथा अन्य गम्भिर रोगहरुलाई समेत समेट्छ । छिटो र झन्झटमुक्त दाबी प्रक्रियाको अनुभव प्रदान गर्ने उद्देश्य सहित कम्पनीले यस योजना ल्याएको हो ।

सनलाइफ मेडिकेयर आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले सन लाइफले सुरु गरेको यस बिमा योजना नेपालमा पहिलोपटक सुरु भएको कम्पनीको दाबी छ । यस योजनाअन्तर्गत अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको छ ।

यस योजना अन्तर्गत एक लाखसम्मका लागि वार्षिक १३९३ शुल्क बुझाउनुपर्ने हुन्छ । यसमा ५ देखि ६९ वर्षका नागरिक जोडिन सक्छन् भने अन्य बिमा योजनासँग पनि एड–अन गर्न मिल्छ ।

यो योजना लिएपछि दाबी पेसमा तत्काल आर्थिक राहत प्राप्त हुन्छ भने आकस्मिक स्वास्थ्य समस्याहरुको विस्तृत दायरा विरुद्ध सुरक्षा प्रदान हुन्छ । यसको अधिकतम बिमाशुल्क १३९३ रुपैयाँ रहेको छ भने सरल प्रक्रिया र द्रुत स्वीकृतिको सुविधा रहेको छ ।

यस बिमा योजनामा सहभागि भएपछि आपतकालिन अवस्थामा आकर्षक सुविधा प्राप्त गर्नसकिन्छ । शल्यक्रिया सहित अस्पतालमा रहँदा पहिलो २ दिनको लागि प्रत्येक दिन बिमांक रकमको २५ प्रतिशत, तत्पश्चात थप ५ दिनसम्मका लागि लागि प्रत्येक दिन बिमांक रकमको १० प्रतिशत सुविधा प्राप्त हुन्छ । यस्तै, शल्यक्रिया बिना अस्पतालमा रहँदा १० दिन सम्मका लागि प्रत्येक दिन बिमांक रकमको १० प्रतिशत प्राप्त गर्न सकिन्छ ।

खासगरी सन मेडिकेयर आकस्मिक स्वास्थ्य समस्याहरुका लागि, अस्पताल रहँदा तत्काल आर्थिक सहायता प्राप्त गर्नका लागि, अप्रत्यासित चिकित्सा खर्चको बोझ कम गर्नका लागि र नेपालको लागि अग्रगामी बिमा समाधानका लागि यस योजना लिँदा उपयुक्त हुने देखिन्छ ।

यस बिमा योजनामा सहभागि हुनका लागि बिमितले सन मेडिकेयर सुविधा रोजेर वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक  कुन बिमा गराउने हो सो अनुसारको प्रिमियम तिर्नुपर्छ । यसपछि, कभर गरिएको आपतकालीन अवस्थामा, आवश्यक कागजातहरु पेस गरेर आफू र आफन्तजनलाई सुरक्षित राख्न सकिन्छ ।

सन मेडिकेयरले सडक, घर वा कार्यस्थलमा हुने दुर्घटना, एपेन्डिसाइटिस, प्यान्क्रियाटाइटिस, मस्तिष्कघात, विद्युतीय तथा अन्य जलन र हृदयघात जस्ता दुर्घटना तथा रोगको क्षतिपूर्ति प्रदान गर्दछ । यसका अलावा, डुबान खाद्य विषाक्तता वा विषाधिबाट हुने संक्रमण आन्द्रामा रगत बग्ने, कीरा÷सर्प टोकाइ, तापघात, मस्तिष्कमा चोट, गर्भाशय बाहिरको गर्भ, मानसिक स्वास्थ्य संकट र घाउमा संक्रमण आदिको क्षतिपूर्ति प्रदान गर्दछ ।

सुनौलो बाल समृद्ध जीवन बिमा

सन नेपाल लाइफ सुनौलो बाल समृद्ध जीवन बिमा योजना बालबालिका प्रति लक्षित मुनाफामा सरिक हुने जीवन बिमा योजना हो । यो बिमा योजनाअन्तर्गत नियमित रूपमा बिमाशुल्क भुक्तानी गर्न र एकैचोटी बिमाशुल्क तिरेर ढुक्क बस्न चाहने व्यक्तिहरुको लागि एकमुष्ट बिमाशुल्क भुक्तानी  गर्न सक्ने सुविधा उपलब्ध छ । यसमा एउटै बिमालेखबाट बालबालिका र अभिभावक (आमा अथवा बुवा) गरि दुई जनाको जोखिम बहन गर्ने सविधा उपलब्ध छ ।

यो योजनामा (बालबालीको हकमा) न्यूनतम ३१ दिनदेखि अधिकतम १७ वर्ष, प्रस्तावकको हकमा १८ वर्षदेखि ५५ वर्षसम्मको मानिसले सहभागि जनाउन सक्छन् । यस बिमाको न्यूनतम अवधि पाँच वर्ष र अधिकतम २५ वर्ष रहेको छ ।

बिमा समाप्तिमा प्रस्तावकको अधिकतम उमेर ६५ वर्ष राखिएको छ भने बिमा अवधिमा बिमितको अधिकतम उमेर २५ वर्ष राखिएको छ । यसको बिमांक रकम २ लाख रुपैयाँ रहेको छ । बिमाशुल्क भने वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक वा एकमुष्ठ भुक्तानी गर्न सकिन्छ ।

जोखिम बहनतर्फ यस योजनाले (बालबालीकाको हकमा) बिमा प्रारम्भ मितिबाट २ वर्ष पछिको मिति वा बिमित बालबालिकाको उमेर ६ वर्ष पूरा भए पछिको बिमालेखको बार्षिकोत्सव मिति, जुन घटना पछि घट्छ सोहि मिति देखि जोखिम वहन प्रारम्भ हुने जनाइएको छ । १० वर्ष उमेरका बालबालीकाको सम्बन्धमा बिमा प्रारम्भ मितिबाट १ वर्ष पछि र ११ वर्ष माथि उमेरका बालबालीकाको हकमा जीवन बिमा चालु भएको मिति देखि नै जोखिम वहन प्रारम्भ हुनेछ ।

यदी बिमा अवधि भित्र प्रस्तावकको मृत्यु पछि बिमित बालबालिकाको मृत्यु भएमा, हकवाला व्यक्तिलाई मूल बिमांकको २५ प्रतिशत बराबरको रकम र आर्जित बोनस भुक्तानी वा मूल बिमांक रकमको लागि गुकानी गरिएको सम्पूर्ण बिमाशुल्क रकम (जुन धेरै हुन्छ) भुक्तानी गरिनेछ र बिमा योजना स्वतः रद्द हुनेछ ।

कम्पनीले निर्धारण गरेको अतिरिक्त शुल्क भुक्तानी गरि ऐच्छिक सुविधा अन्तर्गत दुर्घटना मृत्यु लाभ लिन सकिनेछ । यो सुविधा अन्तर्गत बिमा अवधिभित्र बिमालेख चालु रहेको अवस्थामा दुर्घटनाको कारणले प्रस्तावकको मृत्यु भएमा दुर्घटना मृत्यु लाभबापतको बिमांक रकम (अधिकतम ५० लाख) सम्म लिन सकिनेछ ।

कम्पनीले निर्धारण गरेको अतिरिक्त शुल्क भुक्तानी गरी ऐच्छिक सुविधा अन्तर्गत १८ प्रकारका घातक रोग सम्बन्धी उपचार खर्च सुविधा लिन सकिनेछ । बिमालेख चालु अवस्थामा रही घातक रोग बापत अतिरिक्त शुल्क भुक्तानी गरेको अवस्थामा प्रस्तावकलाई सुचिकृत १८ प्रकारका घातक रोगहरु मध्ये कुनै एक रोग निरुपण भएमा अधिकतम ५० लाखमा नबढ्ने गरी घातक रोग बापतको बिमांक रकम उपचार खर्च बापत प्रदान हुनेछ ।

सन लाइफ सावधिक जीवन बिमा योजना

सन नेपाल लाइफले प्रचलनमा ल्याएको सन लाइफ सावधिक जीवन बिमा योजना बिमितले सर्वाधिक रुचाइएको प्रोडक्ट हो । यो मुनाफामा सरिक हुने जीवन बिमा हो । यस योजनाअन्तर्गत निश्चित अवधिभित्र बिमाशुल्क गुक्तानी गरेमा अवधि समाप्त हुँदाको बखत बिमांक तथा नियमानुसारको आर्जित बोनस बराबर रकम एकमुष्ठ प्रदान हुन्छ ।

यो मुनाफामा सरिक हुने जीवन बिमा हो । बिमा अवधि समाप्ति मिति सम्म बिमित जीवित रहेमा बिमांक तथा नियमानुसारको आर्जित बोनस बिमितले नै प्राप्त गर्ने र बिमा अवधिभित्र बिमितको मृत्यु भएमा बिमितको नजिकको हकवाला वा इच्छाइएको व्यक्तिलाई बिमांक तथा नियमानुसारको आर्जित बोनस एकमुष्ट प्रदान गर्नु नै यस योजनाको मुख्य विशेषता हो ।

चालु बिमालेख अन्तर्गत बिमा समाप्त हुने मिति अगावै बिमितिको मृत्यु भएमा बिमांक रकम र नियमानुसारको आर्जित बोनस रकम बिमितद्धारा ईच्छाइएको व्यक्ति वा नजिकको कानुनी हकवाला व्यक्तिलाई भुक्तानी प्रदान हुन्छ ।

चालु अवस्थामा रहेको बिमालेख अन्तर्गत बिमाशुल्कको सम्पूर्ण रकम (अन्तिम किस्ता) भुक्तानी गरी बिमा समाप्ती मिति सम्म बिमित जीवित रहेगा बिमालेखमा उल्लेख भएको बिमांक रकम र नियमानुसारका आर्जित बोनस बिमाअवधि समाप्तिमा बिमितलाई एकमुष्ट भुक्तानी दिइने छ ।

यस योजनामा समर्पण सुविधा पनि रहेको छ जसमा ३ वर्षको बिमाशुल्क भुक्तानी गरे पश्चात समर्पण मुल्य प्राप्त गर्न सकिन्छ । साथै, समर्पण मूल्य प्राप्त भएको बिमालेखमा समर्पण मुल्यको ९०  प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिन्छ । यसका अलावा दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत कम्पनीले निर्धारण गरेको अतिरिक्त शुल्क भुक्तानी गरि ऐच्छिक सुविधा अन्तर्गत दुर्घटना मृत्यु लाभ लिन सकिन्छ ।

यो सुविधा अन्तर्गत बिमा अवधिभित्र बिमालेख चालु रहेको अवस्थामा दुर्घटनाको कारणले बीमितको मृत्यु भएमा दुर्घटना मृत्यु लाभ बापतको बिमांक रकम (अधिकतम ५० लाख) सम्म लिन सकिन्छ ।

यसका अलावा, स्थायी अशक्तता तथा बिमाशुल्क छुट सुविधा, घातक रोग सम्बन्धी सुविधा पनि योजनामा उपलब्ध छ । कम्पनीले निर्धारण गरेको अतिरिक्त बिमाशुल्क भुक्तानी गरि ऐच्छिक सुविधा अन्तर्गत फ्युनेरल एक्सपेन्स पुरक करार सुविधा लिन सकिन्छ । बिमालेख चालु रहेको अवस्थामा बिमितको मृत्यु भएमा बिमांक रकमको २५ प्रतिशत रकम वा ५० हजार मध्ये जुन कम हुन्छ, सो रकम किरिया खर्च बापत बिमितको हकवालालाई भुक्तानी हुनेछ ।

यसमा १ लाखदेखि १ लाख ९९ हजार ९९९ रुपैयाँसम्मको बिमांकमा प्रति एक हजार रुपैयाँ र २ लाख वा सो भन्दा माथिको बिमांक रकममा प्रति दुई हजार बिमांकमा छुट हुनेछ । यसको बिमाशुल्कमा वार्षिक दुई प्रतिशत, मासिक पाँच प्रतिशत, अर्धवार्षिक १ प्रतिशत छुट तथा थप सुविधा दिइएको छ ।

सन नेपाल लाइफ कम्पनी नेपालमा प्रसिद्ध स्थानीय पुनर्बिमा कम्पनीहरू (नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पुनर्बीम कम्पनीा)सँग आफ्नो बिमा गरेको छ । यद्यपि, यसको बहराइनको ट्रस्ट पुनर्बिमा कम्पनीबाट सुरु भएको थियो । देशभर उपस्थिति  जनाएर कम्पनीले बिमा पहुँच विस्तारमा महत्वपूर्ण काम गर्दै आएको छ । आगामी दिनमा थप नयाँ प्रोडक्टहरु ल्याउँदै जाने कम्पनीले जनाएको छ ।

Skip This