रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश, संयुक्त इजलासमा सुनुवाइ हुने

1.3k
Shares

फाइल तस्बिर

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि सोमबार उक्त आदेश जारी गरेको हो । अब रिटमा अन्तिम सुनुवाइका लागि संयुक्त इजलासमा प्रक्रिया अगाडि बढ्ने भएको छ।

लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । रिटमा लामिछानेलाई गैरन्यायिक रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहा गरिनुपर्ने माग गरिएको छ।

सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशअनुसार रवि लामिछाने हाल पूर्वपक्षका लागि थुनामा छन् ।