चीनबाट टोयोटाले विद्युतीय कारको उत्पादन सुरु गर्ने, २ बर्षमा १० मोडेल ल्याउने घोषणा



काठमाडौं । जापानी अटो निर्माता कम्पनी टोयोटाले आगामी सन् २०२० भित्रमा १० वटा विशुद्ध विद्युतीय कारका मोडेल ल्याउने जनाएको छ ।

यसले पेट्रोलियम पदार्थ प्रयोगका कारण उत्पन्न प्रदूषण घटाउन सहयोग गर्ने कम्पनीले जनाएको छ । हालसम्म टोयोटाले विशुद्ध विद्युतीय कारको प्रस्ताव गरेको छैन । यद्यपि हाइब्रिड मोडलमा भने टोयोटाले नेतृत्व गर्दै आएको छ । हाइब्रिड कारमा विद्युतीय मोटर ग्यास इन्जिन रहँदै आएको छ ।

कम्पनीका कार्यकारी उपाध्यक्ष सिगेकी टेरासीले टोयोटाको विद्युतीय सवारी सुरुमा चीनमा प्रस्ताव गरिने बताएका छन् । चीनले विद्युतीय सवारीलाई सहुलियत र अन्य नीतिका माध्यमबाट प्रोत्साहन गर्दै आएको छ ।

कम्पनीले यो प्रविधिमा व्यापक वृद्धिको अपेक्षा पनि गरेको छ । टोयोटाको विद्युतीय सवारी पछि गएर जापान, भारत, अमेरिका र युरोपमा पनि ल्याइने टेरासीले बताए ।


क्लिकमान्डु