
काठमाडौं । चैत १५ गतेको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरिएको छ ।
दुर्गा प्रसाईंको सचिवालयले सामाजि सञ्जाल फेसबुकमा दुई घण्टा अगाडि अभियानका संयोजक दुर्गा प्रसाईंले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ ।
‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका सयोजक दुर्गा प्रसाईंले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ,’ प्रसाईंको सचिवालयले सामाजिक सञ्जालमा लेखेको छ, ‘हिजो मात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौ !’
चैत १५ गतेको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यसक्रममा २ जनाको मृत्यु भएको थियो भने कयौं निजी सम्पत्तिमा आगजनी, लुटपाट भएको थियो भने प्रहरीले कयौं राउण्ड गोली चलाएको थियो । गोली लागेका दर्जन बढीको उपचार भइरहको छ ।










प्रतिक्रिया