जी शाहको कविता: कोशिस गर !

2.7k
Shares

कोशिस गर अवश्य हल निस्किन्छ
आज नभए पनि भोलि निस्किन्छ

अर्जुनको लक्ष्य राख निशाना खोज
मरुभुमिबाट पनि त पानी निस्किन्छ

मेहनत गर फूललाई पानी देऊ
सुक्खामा पनि फेरि फल निस्किन्छ

तागत जुटाउ हिम्मतलाई आगो देऊ
कमजोरको पनि फेरि बल निस्किन्छ

शिरमा उम्मीदलाई ज्युँदै राख्ने गर
समुन्द्रबाट पनि त गंगाजल निस्किन्छ

कोशिस गर्दै जाऊ केही गर्दै जाऊ
जे रोकेको छ अहिले भइ निस्किन्छ

कोशिस गर अवश्य हल निस्किन्छ
आज नभए पनि भोलि निस्किन्छ

(पूर्वराजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम जी शाह हो ।)

Skip This