
काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई २४ घण्टे स्पष्टिकरण सोधेका छन् । ‘तपाईलाई किन पदबाट नहटाउने’ भन्दै २४ घण्टाभित्र जवाफ पेश गर्नेगरी मंगलबार स्पष्टिकरण सोधिएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।
सरकारले दिएको निर्देशन नमानेको भन्दै उर्जामन्त्री खड्काले उनलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थिए । सोमबार बसेको मन्त्रिपरिषद्ले कुलमानलाई हटाउने कुनै निर्णय नगरेपछि मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ऊर्जा मन्त्रालयले २४ घटाभित्र जवाफ पेश गर्न स्पष्टिकरण सोधेको हो ।
यसअघि उर्जा मन्त्रालयले कार्यकारी निर्देशक घिसिङलाई २२ पुस र २८ पुषमा पनि स्पष्टिकरण सोधेको थियो । उक्त जवाफ चित्तबुझ्दो नभएको भन्दै पुन तेस्रोपटक २४ घण्टे स्पटिकरण सोधेको हो ।
प्रतिक्रिया