नेपाल र म्यानमारबीचको खेल पहिलो हाफ २-२ को बराबरीमा

553
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्याचमारीबीचको पहिलो हाफ २-२ को बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा मयत खिनको गोलमार्फत म्यानमारले अग्रता लिएको थियो ।
नेपालले खेलको पाँचौ मिनेटपछि बराबरी गोल फर्कायो । सावित्रा भण्डारीको क्रसमा सविता रानमगरले गोल गरिन् ।

१७औं मिनेटमा म्यानमारलाई २-१ को अग्रता दिलाइन् । उनले नेपाली रक्षक गीता रानाले क्लियर गर्न खोजेको बललाई नियन्त्रणमा लिँदै लुले उत्कृष्ट गोल गरिन् ।

सावित्र भण्डारीले ४०औं मिनेटमा गोल गर्दा नेपाल २-२ को बराबरीमा आयो ।