भारतमा रेलमा आगो लागेको हल्लापछि हाम फालेका १३ जनाको मृत्यु


भारत । भारतको महाराष्ट्रस्थित जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुने यात्रुको सङ्ख्या १३ पुगेको छ । जलगाउँ जिल्ला प्रशासक आयुष प्रसादले बिहीबार दिएको जानकारी अनुसार १० जना घाइते भएका छन् ।

‘बुधबार साँझ भएको रेल दुर्घटनामा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्,’ उनले भने ।

बुधबार साँझ नजिकैको ट्र्याकबाट कर्नाटक एक्सप्रेस रेल अघि बढिरेका समय पुष्पक एक्सप्रेसको डिब्बामा आगलागी भएको हल्लापछि हामफालेकालाई गुडिरहेको रेलले किचेको थियो ।

घाइतेहरूलाई सिभिल अस्पताल जलगाउँमा भर्ना गरिएको छ र उनीहरूको उपचार भइरहेको छ।

रेल मन्त्रालयले जलगाउँ रेल दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख ५० हजार भारतीय रूपैयाँ दिने घोषणा गरेको छ ।

रेलमन्त्री अश्विनी वैष्णवको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जलगाउँ रेल दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख ५० हजार भारतीय रूपैयाँ, गम्भीर घाइतेलाई ५० हजार रूपैयाँ र सामान्य घाइते भएकालाई पाँच हजार रूपैयाँ दिने घोषणा गरिएको छ ।’

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनामा मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेका छन् ।

Skip This