पुँजीबजार चलायमान बनाउन लगानीकर्ताको मनोबल उच्च हुनुपर्छ: अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च बनाउनुपर्ने बताएका छन् ।
बुधबार नवनियुक्त श्रेष्ठको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि उनले बताए । यस क्रममा अध्यक्ष श्रेष्ठले लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने बताएका थिए ।
लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्ने भन्दै उनले लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी रहेको पनि बताएका थिए । बोर्डसँगै पुँजीबजारसँग सरोकार राख्ने सबैले प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो ।
यस्तै पुँजीबजारको दायरा बढाउँदै लैजानुपर्ने भन्दै उनले अहिले सीमित रुपमा मात्रै भएर बसेको भन्दै पुँजीबजारको दायरा बढाउन स्टक ब्रोकर्सहरुको भूमिका पनि बढाउँदै लैजान आग्रह गरेका थिए ।
‘पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक हुन्छ । बोर्डले लगानीकर्ताको सुरक्षाको लागि लगानीकर्ताको मनोवल उच्च हुन आवश्यक छ । लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्नुहुन्छ । लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी हो । तर पनि पुँजीबजारसँग सरोकार राख्ने सबैले प्राथमिकतामा राखेर काम गर्नुपर्छ । पुँजीबजारको दायरा बढाउँदै लैजानुपर्छ । अहिले सिमित रुपमा मात्रै भएर बसेको छ । स्टक ब्रोकर्सहरुको भुमिका पनि बढाउँदै लैजानुपर्छ । मार्केट स्टुमेण्टहरु ल्याउन आवश्यक छ । त्यसको लागि बोर्ड काम गर्न तयार छ । ठूला र रियल क्षेत्रका उद्योगहरुलाई लागत घटाउन मद्दत गर्छ,’ श्रेष्ठले भने ।