फ्रेन्च प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पास भएपछि ३ महिनामै ढल्यो सरकार



एजेन्सी । फ्रान्सका प्रधानमन्त्री मिसेल बर्निएरले संसदबाट विश्वासको मत लिन नसक्दा उनको सरकार ३ महिनामै विघटन भएको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोंले नयाँ उत्तरधिकारीको रुपमा प्रधानमन्त्री बनाएका मिसेलले बुधबार संसद्‍मा विश्वासको मत प्राप्त गर्न सकेनन् ।

फ्रान्सको इतिहासमा १९६२ पछि यसरी ३ महिनामै विश्वासको मत प्राप्त गर्न नसकेर सरकार ढलेको यो पहिलो घटना रहेको बताइएको छ । यससँगै फ्रान्सको राजनीति अस्थिरतातिर उन्मुख भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

फ्रान्समा गत जुलाइमा सम्पन्न निर्वाचनमा संसदमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्दा सहमतिको सरकार बनाउनु पर्ने बाध्यता थियो ।

विपक्षी दलले संसद्‍मा अविश्वासको प्रस्ताव पेस गरेपछि बुधबार विश्वासको मत लिन नसकेपछि मिसेलको सरकार ढलेको हो । विपक्षी दलको अविस्वासको प्रस्ताव पास गर्न संसदमा २८८ सदस्यको मत आवश्यक परे पनि बुधबार ३३१ सदस्यले विपक्षी दलको प्रस्तावलाई नै समर्थन दिएका थिए ।

बर्निएले अब बिहीबार राष्ट्रपति म्याक्रोंसमक्ष राजीनामा बुझाउने छन् । यद्यपि उनी केही अवधि कामचलाउ प्रधानमन्त्रीको रुपमा नै रहने बताइएको छ । विपक्षी वामपन्थी गठबन्धन न्यु पपुलर फ्रन्ट (एनपीएफ) ले यसअघि नै बर्निएलाई उत्तराधिकारीको रुपमा प्रधानमन्त्री बनाएकोमा म्याक्रोंको कडा आलोचना गर्दैआएको थियो ।

बर्निएले हालै ल्याएको सुरक्षा बजेटलाई लिएर व्यापक आलोचना भएपछि उनी विवादित बन्दै गएका हुन् । उनको बजेटलाई विपक्षी नेताहरुले ‘विषाक्त बजेट’को संज्ञा दिएका छन् । विपक्षी दलसँगै स्वतन्त्र विज्ञहरुले पनि बजेटलाई लिएर आलोचना गर्दैआएका थिए । उक्त विवादित बजेटकै कारण अन्तत बर्निएलाई साच्युत बनायो ।


क्लिकमान्डु