एनपीएलमा लुम्बिनी लायन्सलाई हाइलाइफ फुड्सको सहयोग



काठमाडौं । नेपालकै एफएमजिसीमा अग्रणी ब्रान्ड हाइलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ ।

‘क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली’ मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको छ ।

हरेक खेलाडीहरु स्वस्थ राख्नुको साथै हरेक नेपालीहरुलाई स्वस्थ जीवनशैली बाच्नको लागि हाइलाइफका विभिन्न ब्रान्डहरुले नेपालीको घर–घरमा हरेक दिन सहयोग पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ ।

क्रिकेटमार्फत सम्पूर्ण युवाहरुलाई फिटनेस र टिमवर्कप्रति जागरुक गराउनुका साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन यस कम्पनीको सधैँ सहयोग रहने पनि बताइएको छ ।

हाइलाइफका विभिन्न खाद्य वस्तुहरुमार्फत नेपाली पुस्ता र हरेक क्षेत्रका समुदायहरुलाई जोड्न समेत यस कम्पनीको ब्राण्डहरुको विशेष भूमिका रहेको बताइएको छ । हाइलाइफले चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाद्यहरु उत्पादन तथा आयात गरी बजारीकरण समेत गर्दैआएको छ ।

अन्य २ कम्पनीका उत्पादनहरुलाई समेत हाइलाइफको माध्यमबाट बजारीकरण गर्ने गरिएको छ । उपभोक्तालाई दिएको गुणस्तरीय सेवाका कारण मागले थेग्न सक्ने अवस्था नहुँदा अन्य कम्पनीका गुणस्तरीय उत्पादनहरुलाई समेत बजारमा पुर्‍याउन यसले सहयोग गर्ने बताइन्छ ।

कम्पनीले हाल विभिन्न १५ वटा विधाका ८३ बढी खाद्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नहरुमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन गरिएको र उत्पादित वस्तु नेपालका सबै सहरहरुका साथै विदेशमा हङकङ, मकाउ लगायतका देशहरुमा विक्री वितरण हुँदै आइरहेको छ भने अष्ट्रेलिया र अमेरिकामा समेत निर्यात गर्ने प्रक्रियामा रहेको छ ।


क्लिकमान्डु