रियलमीको सर्भिस सेन्टर अब दाङमा पनि



काठमाडौं । लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं सर्भिस सेन्टर उद्घाटन गरेको छ । यो रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो ।

यस सर्भिस सेन्टरको उद्घाटनसँगै देशभरका आफ्ना प्रयोगकर्ताहरुलाई उत्कृष्ट बनाउने रियलमीको प्रतिबद्धतालाई सुदृढ गरेको बताइएको छ ।

काठमाडौं, पोखरा, इटहरी र धनगढीसँगै अब दाङ सर्भिस सेन्टरले नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूका लागि सहज सेवाप्रदान गर्ने उद्देश्य राखेको छ । यस सर्भिस सेन्टरमा प्रयोगकर्ताहरुले मर्मत तथा मेन्टेनेन्स सेवा, डाइग्नोस्टिक्स र ट्रबल सुटिङ, र वारेन्टी तथा सपोर्ट जस्ता सेवाहरु प्राप्त गर्न सक्ने बताइएको छ ।

रियलमीका बढ्दो ग्राहक आधारलाई ध्यानमा राखेर उद्घाटन गरिएको यो सर्भिस सेन्टरले रियलमीका स्मार्टफोन सम्बन्धी सबै समस्याहरूको द्रूत र प्रभावकारी समाधान गर्ने कम्पनीले बताएको छ ।

बिहान १० बजे देखि बेलुका ६ बजेसम्म सञ्चालन हुने यस सर्भिस सेन्टरमा दक्ष एवम् प्रशिक्षित प्राविधिकहरूको टोलीले रियलमीको ग्लोबल स्ट्यान्डर्ड अनुरूपका उच्च–गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीले बताएको छ । उक्त सर्भिस सेन्टरबारे बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिस गिरीले भने, ‘हाम्रा नेपाली प्रयोगकर्ताहरुलाई अझै राम्रो सेवादिने उद्देश्यले हामीले दाङमा पनि यो सर्भिस सेन्टर उद्घाटन गरेका छौँ । हामी यसै गरी नेपालका सबै कुनामा थप उत्कृष्ट सेवा पुर्‍याउँदै रहनेछौँ ।’

दाङ सर्भिस सेन्टरको सुरुवातले प्रिमियमपोस्ट पर्चेज सेवाप्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई झल्काएको छ । भविष्यमा देशभर नै आफ्ना सर्भिस सेन्टरहरु विस्तार गर्दै जाने कम्पनीले बताएको छ ।


क्लिकमान्डु