नेपाली बजारमा सिजी सोलार वाटर हिटरको अत्यधिक माग, शून्य बिजुली खर्च
काठमाडौं । नेपाली उपभोक्तामाझ परिचित कम्पनी सिजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य प्रविधिसहितको सिजी सोलार वाटर हिटर नेपाली बजारमा अत्याधिक माग रहेको कम्पनीले जनाएको गरेको छ ।
यो वातावरणमैत्री सौर्य गिजरले परम्परागत ऊर्जा स्रोतको निर्भरतालाई कम गर्दै ग्राहकहरूको जीवनलाई थप सरल र ऊर्जा दक्ष बनाउने लक्ष्य लिएको छ।
५ वर्षको ग्यारेन्टीसहित आएको यस गिजरमा इभ्याकुएटेड ट्यूब कलेक्टर टेक्नोलोजीको प्रयोग गरिएको छ । जसले सौर्य ऊर्जाको अधिकतम उपयोग गर्दै पानी तताउन थप प्रभावकारी बनाउँछ। ऊर्जा बचतमा योगदान दिने यस गिजरले बिजुली खर्च उल्लेखनीय रूपमा घटाउन सक्छ । जसले ग्राहकहरूको आर्थिक बचत मात्र नभएर वातावरणीय जिम्मेवारी बहन गर्न समेत सहयोग पुर्याउँछ।
सिजी सोलार वाटर हिटरहरु १५ ट्यूबदेखि ३६ ट्यूबसम्म र दबाब प्रणालीमा उपलब्ध छन् । जसले साना तथा ठूला परिवारहरूको आवश्यकता सहजै पूरा गर्न सक्छ। १५ ट्युबदेखि २० ट्युबसम्मका गजर साना परिवारहरूको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । साथै २४ देखि ३० ट्युबका गिजर मध्य परिवारका लागि उपयोगी हुने बताइएको छ । यस्त ३६ ट्युबका गिजर भने ठूलो परिवार र व्यवसायिक प्रयोजनका लागि उपयुक्त मानिएको छ ।
यसमा एण्टीकोरोसन कोटिङ र मौसम प्रतिरोधी डिजाइन पनि रहेको छ । जसले यसलाई सबै प्रकारका मौसममा टिकाउ र भरपर्दो बनाएको छ। साथै, यसको प्रयोगकर्तामैत्री डिजाइनले गिजरको सजिलो स्थापना र मर्मत सुनिश्चित गरेको छ।
नेपालले स्वच्छ ऊर्जातर्फको आफ्नो यात्रा अघि बढाइरहेको यो समयमा सिजी इलेक्ट्रोनिक्सले नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै दिगो भविष्य निर्माणको दिशामा कदम उठाएको छ। यो गिजरले जाडोमा न्यानो र ऊर्जा बचतसँगै हरित भविष्य निर्माणमा योगदान पुर्याउनेछ।