वार्षिक २३ अर्ब डलरसम्म तलब लिन्छन् अन्तर्राष्ट्रिय कम्पनीका सीईओहरु, कसको कति ?



काठमाडौं । सीईओको सफलता र असफलतासँगै कम्पनीको भविष्य पनि जोडिएको हुन्छ । सीईओले कम्पनीको भविष्य तय गर्नुका साथै प्रमूख भूमिकामा रहेर स्रोत र अपरेसन व्यवस्थापनको काम पनि गर्नुपर्ने हुन्छ ।

सामान्यतया सीईओले कम्पनीको निश्चित लक्ष्य तयार पारेर त्यसलाई पूरा गर्न सम्बन्धित पक्षसँग समन्वय गरी काम गरिरहेको हुन्छ । विशेषगरी आफूले तय गरेका लक्ष्य पूरा गर्नका लागि नै उसको प्रयत्न हुन्छ ।

यसवाहेक कम्पनीको सञ्चालक समिति वा बोर्ड र कर्मचारीहरुबीच समन्वयकारी भूमिका पनि सिईओकै हुन्छ । यद्यपि कुनै कम्पनीको सीईओ र प्रमुख वा मालिकबीच भने भिन्नता हुन्छ । कम्पनीको सिईओ उक्त कम्पनीको मालिक नहुन पनि सक्छ । अर्थात यी दुई पदका फरक चरित्र हुन्छन् ।

मालिकले व्यवसायको हिस्सेदारी लिएको हुन्छ । जवकि सीईओ जागिरको रुपमा मात्रै पनि हुनसक्छ । सीईओलाई व्यवसायको हिस्सेदारी वा सेयर नदिइएको पनि हुन्छ। साथै मालिकले कम्पनीमा पूँजी लगानी गरेको हुन्छ । र त्यसको जोखिम पनि उत्तिकै लिएको हुन्छ । यस्तै सीईओले प्राय कम्पनीको मालिक वा सञ्चालक समितिबाट नियुक्ति पाउने गर्छ ।

प्राय धेरैजसो संस्थाहरुमा सीईओ र अध्यक्षको फरक भूमिका हुन्छ । कर्मचारीहरुको प्रमुखको रुपमा सीईओ कम्पनीको समग्र लक्ष्य र रणनीतिमा केन्द्रति हुन्छ भने अध्यक्ष प्राय दैनिक रुपमा व्यवस्थापन, सञ्चालनको निरीक्षण गर्नुका साथै सीईओले तय गरेका रणनीतिहरु लागू गर्ने काममा सहभागी हुन्छन् ।

सीईओ वरियता र अधिकारको क्रममा उच्च पदमा भए पनि उसले तय गर्ने लक्ष्य पूरा गर्न वित्तीय स्रोत व्यवस्थापनको काम प्रमुख वित्तीय अधिकृत अर्थात् चिफ फाइनान्स अफिसरले गरेको हुन्छ । र चिफ फाइनान्स अफिसर सीईओसँगको समन्वयमा काम गरिरहेको हुन्छ ।

प्राय सीईओ बन्नु कुनै पनि कर्मचारीको लागि एक आकर्षक र महत्त्वाकांक्षी गन्तव्य हुन्छ । जवकि सीईओ बन्नका लागि यति नै योग्यता र क्षमता आवश्यक पर्ने भनेर तोकिएको हुँदैन । योग्यता वा क्षमताको कुरा कम्पनीको प्रकृति र अवस्था अनुसार फरक हुनसक्छ ।

प्राय एमबीएमा स्नातकोत्तर अध्ययन यसका लागि आधारभूत योग्यता मानिन्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरका प्रसिद्ध विश्वविद्यालयबाट एमबीए गरेका अब्बल विद्यार्थीहरुलाई सीईओको जिम्मेवारी दिने चलन पनि छ ।

तर यसका लागि कार्यअनुभव भने खोजिएकै हुन्छ । यससँगै सम्बन्धित विषयमा गहिरो ज्ञान, सूचना र दृष्टिकोणसँगै अन्तर्राष्ट्रिय स्तरमा नेटवर्क भएको व्यक्ति धेरै कम्पनीको रोजाइ बन्ने गरेको हुन्छ ।

सानो वा ठूलो जुनसुकै कम्पनीका विविध कार्यहरुको लागि प्रमुख रुपमा प्रमुख कार्यकारी अधिकृत अर्थात् (सीईओ) जिम्मेवार हुन्छ । जस्तै कम्पनीको कार्यदिशा र लक्ष्य तयार पार्ने ।

ती लक्ष्यलाई प्राप्त गर्न रणनीतिहरु बनाउने र कार्यान्वयन गर्ने काम सीईओको हुन्छ । यससँगै कम्पनीको दैनिक तथा नियमित कामहरु सीईओले निरीक्षण गरेको हुन्छ । कम्पनीलाई नाफा बढाउँदै यसलाई दीगो बनाउन पनि सीईओले प्रमूख भूमिका खेलेको हुन्छ ।

विश्वभर आफ्नो बजार तीब्र रुपमा विस्तार गरिरहेका ठूला वहुराष्ट्रिय कम्पनीहरुको विवरण हेर्दा ती कम्पनीले एकै वर्षमा अर्बौं डलर तलब आफ्ना सिईओहरुलाई दिइरहेको देखिन्छ । सीईओको तलबको विषयलाई लिएर धेरै चर्चा हुने गर्छ । प्राय सीईओहरुको तलब उच्च तथा आकर्षक नै हुन्छ ।

यद्यपि विशेषगरी यो सम्बन्धित कम्पनीको आकार र क्षमतामा नै धेरै निर्भर रहन्छ । जब साइट इन्डिड डटकमका अनुसार अमेरिकामा कुनै पम्पनीको सीईओको औसत तलब २५ हजार अमेरिकी डलर बोनससहित १ लाख ४६ हजार अमेरिकी डलर हुन्छ ।

यस्तै अर्को जब साइट पेसाइकलका अनुसार १ लाख ६५ हजार डलर औषत सीईओको तलब मानिन्छ । यसमा पनि देश र कम्पनीको क्षमता र आकारले यसलाई प्रभावित पार्नसक्छ । विशेषगरी कुन देश र कुन कम्पनी हो त्यस अनुरुप उक्त कम्पनीको सिईओको तलब तोकिन सक्छ ।

यसरी औसत रुपमा वार्षिक तलब सामान्यतया १६ करोड ७० लाख डलर रहेको मानिन्छ । २०२२ को तथ्यांक हेर्दा गुगलका सीईओ सुन्दर पिचाइको वार्षिक तलब २२ करोड ६० लाख डलर थियो । र त्यस वर्ष उनी विश्वभर सर्वाधिक धेरै तलब लिने सीईओमा पर्थे । २०२३ मा पनि उनी धेरै तलब पाउने टप १० सीईओमै रहेका छन् ।

सर्वाधिक तलब खाने सीईओहरु:

सीईओ: एलन मस्क

कम्पनी: टेस्ला
वार्षिक तलब: २३ अर्ब ५० करोड अमेरिकी डलर

सीईओ: टिम कुक

कम्पनी: एप्पल
वार्षिक तलब : ७७ करोड ५० लाख डलर

सीईओ: सुन्दर पिचाइ

कम्पनी: अलफाबेट
वार्षिक तलब: २८ करोड डलर

सीईओ: जेन्सन हुआङ

कम्पनी: एनभिडिया
वार्षिक तलब: ५६ करोड १० लाख डलर

सीईओ: रिड ह्यास्टिङ्ग्स

कम्पनी: नेटफ्लिक्स
वार्षिक तलब: ४५ करोड ३५ लाख डलर

सीईओ: लियोनार्दो स्क्लेफर

कम्पनी: रिजेनेरन फर्मास्युटिकल्स
वार्षिक तलब: ४५ करोड २९ लाख डलर

सीईओ: मार्क बेनिअफ

कम्पनी: सेल्सफोर्स
वार्षिक तलब: ४३ करोड ९४ लाख डलर

सीईओ: सत्य नाडेला

कम्पनी: माइक्रोसफ्ट
वार्षिक तलब: ३० करोड ९४ लाख डलर

सीईओ: रोबर्ट ए कोटिक

कम्पनी: एक्टिभिसन ब्लिजार्ड
वार्षिक तलब: २९ करोड ६७ लाख डलर

सीईओ: होक ई टान

कम्पनी: ब्रोडकम

वार्षिक तलब: २८ करोड ८० लाख डलर


क्लिकमान्डु