कुलमानको आरोप- उद्योगीहरु बक्यौता तिर्नुभन्दा विवादित बनाएर राजनीति गर्न तिर लागे



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा राजनीति गरेको आरोप लगाएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर उनले उद्योगीले बक्यौता नतिरेर राजनीति गरेको बताएका हुन् । ‘सधै बक्यौता तिर्ने तिरभन्दा झन् झन् विवादित बनाउने र बढी राजनीति गर्ने काम गरिरहनु भएको छ । जुन बेला लाइन काटिन्छ । उद्योगहरुले जति पनि उत्पादन गरेको हुन्छ । एक महिनालाई पुग्ने हुन्छ । सामानहरु बिक्री नभएसम्म लाइन जोड्न अघि आउनुहुन्न,’ उनले भने, ‘१०/१५ दिन भएपछि बेरोजगारी बढायो । आर्थिक स्थिति तहनसह गर्‍यो भन्दै इमोसनल ब्ल्याकमेलिङ गरेर सरकारलाई केहि न केहि निर्णय गराउन बाध्य हुन्छ ।’

घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । ‘बक्यौता नतिरे हामी आफ्नो प्रक्रियामा लाग्छौं । सरकारले पनि १५ दिनभित्र असुलउपर गर्नु भनेको छ,’ उनले भने ।


क्लिकमान्डु