जुवा तास खालवाट १० लाख रुपैयाँ सहित १० जना पक्राउ
विराटनगर । मोरङ प्रहरीले जुवा र तासको खालवाट १० लाख रुपैयाँभन्दा वढी रकम सहित १० जनालाई नियन्त्रणमा लिएको छ ।
गएराती विराटनगरको संगम पार्टी प्यालेसमा जुवा र तास खेल्दै गरेका टुनटुन शर्मा, पशुपति भगत, ध्रुव सिग्देल, सुरेन्द्र ठाकुर, वीरेन्द्र साह, मनिराज प्रसाई, वावुराम कटेल, लिला सहनी र पार्टी प्यासेल सञ्चालक पदम वस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुबाट १० लाख ६ हजार ९९५ रुपैयाँ पनि वरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले वताए ।
जुवाको खालवाट जुवा र पाँच बुक तासपनि वरामद भएको छ । उनीहरुलाई जुवा ऐन अन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ । डिएसपी जोशीका अनुसार पक्राउ परेका जुवाडेको तिहार प्रहरी हिरासतमै वित्ने छ । तिहारको विदा सकिएर अदालत खुलेपछि उनीहरुलाई अदालतमा हाजिर गराएर कारवाही प्रक्रिया सुरु हुने जोशीले वताए ।