गुडिरहेको यात्रुवाहक बसमा आगलागी



काठमाडौं । ललितपुरको सातदोबाटोस्थित गुडिरहेको बसमा आगलागी भएको छ ।

शनिबार साँझ पौने ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

तर बसमा कसरी आगलागी भयो भन्ने कारण यकिन भएको छैन । यद्यपि चालकले इन्जिनबाट अचानक आगलागी भएको बताएका छन् । बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताए ।


क्लिकमान्डु