सवारी दुर्घटना गराई भागेपछि…



काठमाडौँ । सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका-१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ । निजका साथबाट बा३च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

यही असोज २६ गते साँझ काठमाडौँ महानगरपालिका-३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना गरी सर्लाहीको कविलासी नगरपालिका-२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारी सोही सवारी चालकले काठमाडौँ मेडिकल कलेज पुर्याई फरार भएका प्रहरीले जनाएको छ । निजको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु