सुनको मूल्यमा आज पनि रेकर्ड, कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्य आज अहिलेसम्मकै महँगो बनेको हो ।

आज सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला चार सय रूपैयाँ बढेको हो।

यसअघि गत असोज ११ गते सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँमा कारोबार हुँदा रेकर्ड राखेको थियो । तर आज भने त्यसभन्दा पनि सुनको मूल्य महँगो बनेको हो ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


क्लिकमान्डु