ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिग मार्टमा छुट



काठमाडौं । ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सरसमान खरिदपछि भुक्तानीमा १० प्रतिशत छुट प्रदान गरिने भएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १०% वा अधिकतम २०० सम्म छुट योजना ल्याएको हो । उक्त छुट योजना हरेक शनिबारका दिन मात्र लागू हुने बैंकले जनाएको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।


क्लिकमान्डु