गाडी वा मोटरसाइकल किन्ने सोच छ ? यी हुन् सस्ता बाइक र ‘एकसे एक’ इन्ट्री लेभल कारहरु



काठमाडौं । भदौ महिना अटोमय महिना हो । यही महिना हरेक वर्ष नाडा अटो शो आयोजना हुने गर्छ ।

यस वर्षको सवारीसाधनको कुम्भमेला भदौ ११ गते सुरु हुँदैछ । अटो शोमा नयाँ महँगा, सर्वाधिक रुचाइएका र उपभोक्तामाझ राम्रो छवि बनाउने गरी सबै प्रकारका सवारीसाधन प्रदर्शनी हुने गर्छन् ।

क्लिकमान्डुको नाडा विशेष प्रस्तुतीको यो लेखमा १६औं संस्करणको नाडा अटो शोमा प्रदर्शनीमा राखिने वाइक र कारकै सेरोफेरोमा रहेर चर्चा गर्नेछौं । कारबाइक चढ्न त चाहने तर महँगा सवारी चढ्न पनि नसक्ने वर्गले पनि खरिद गर्न आँट्न सक्ने कार र बाइकको कुरा गर्नेछौं ।

सुरुमा कुरा गरौं, बजारमा उपलब्ध सस्ता मोटरसाइकलको ।

नेपाली बजारमा चलेका मोटरसाइकल ब्रान्डले २ लाख रुपैयाँको हाराहारीमा सस्ता मोटरसाइकल उपलब्ध गराउने गरेका छन् । यस्तो सूचीमा डिरोको स्प्लेन्डर, सुजुकी हयाते, बजार प्लाटिना, होन्डा साइन, महिन्द्रा सेन्चुरो, रनर तथा स्कुटरहरु समेत रहेका छन् ।

यस्ता छन्, बजारमा उपलब्ध सस्ता बाइक तथा स्कुटरः

अब कुरा गरौं, एकसे एक इन्ट्री लेभल कारहरुको । नेपाली बजारमा हाल कार किन्न चाहनेले १४ लाख रुपैयाँमै खरिद गर्न सक्छन् । पछिल्लो समय चिनियाँ ईभीको प्रवेशसँग नेपाली कार बजारमा सस्तो मुल्यमा पनि एकसे एक कार पाइन थालेको हो ।

चिनियाँबाहेक बेलायती कम्पनी एमजी, भारतीय गाडि निर्माताहरु टाटा र महिन्द्रा, फ्रेन्च कम्पनी रेनो, जापानी कम्पनी सुजुकी, कोरियन कार कम्पनी हुन्डाइलगायत कम्पनीका उच्च रेटिङ पाएका कारहरु नेपाली बजारमा उपलब्ध छन् । ४२ लाख रुपैयाँसम्मको कारलाई इन्ट्री लेभल कार मान्ने हो भने एमजी फोर र बीवाईडी डल्फिन जस्ता सुविधासम्पन्न र विलासी कार खरिद गर्न सकिन्छ ।

यस्ता छन् सस्ता तर एकसे एक कारहरुः


क्लिकमान्डु