नयाँ बसपार्कमा बसभित्र युवकको शव भेटियो



काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरिराखेको बसभित्र एक युवकको शव फेला परेको छ ।

काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिकै पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र बुधबार युवकको शव फेला परेको हो । मृतक युवक इटहरी उपमहानगरपालिकाका स्थायी बासिन्दा भएको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिए । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु