सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ताको ध्यान बैंकमा



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक ८.२४ अंकले घटेर परिसूचक २०५१.९२ बिन्दु कायम भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता सेयर ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
यो दिन बैंकिङ समूहको उपसूचक ०.०९, अन्य समूहको उपसूचक १५.१० अंकले बढेको छ भने बाँकी विकास बैंक, वित्त, होटल, जलविद्युत, जीवन बिमा, निर्जीबन बिमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा लगानीकर्ताको आकर्षक बैंकमा देखिएको छ ।

कारोबारमा त्रिशुली जलविद्युत कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । शिव श्री हाईड्रोपावर, साधाना लघुवित्त, स्वेत गंगा हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु