बझाङको चैनपुरमा प्रभु बैंकको ३०४औं शाखा



काठमाडौं । प्रभु बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका वडा नं.१० चैनपुरमा आफ्नो ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंक लिमिटेडले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंक को यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएको छ ।

बैंकको चैनपुर शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु