कुवेतको एक भवनमा आगलागी हुँदा ४० भारतीयको मृत्यु



एजेन्सी । कुवेतमा एक बहुतले आवासीय भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । तीमध्ये ४० जना भारतीय नागरिक छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार घटनाबारे जानकारी लिन केन्द्रीय राज्यमन्त्री कीर्तिवर्धन सिंह बिहीबार कुवेत प्रस्थान गरेका छन् ।

साथै त्यहाँ मृत्यु हुने भारतीयहरुको शव तत्काल स्वदेश ल्याउन कुवेत प्रशासनसँग भारतले आग्रह गरेको छ । घटनाबारे कुवेत प्रशासनले छानबिन गर्ने जानकारी दिएको छ । भारतीय राज्यमन्त्री कीर्तिवर्धन सिंहले कुवेत पुगेर घटनाको समीक्षा गर्ने बताएका छन् ।

कुवेतका स्थानीय मिडियाका अनुसार आन्तरिक मामिला मन्त्री शेख फहद अल युसुफ सबाहले उक्त भवनमा मालिकलाई पक्राउ गर्न आदेश दिएका छन् । उक्त भवनमा सुरक्षा गार्ड सप्लाइ गर्ने कम्पनी, सोही भवनमा कार्यरत मजदुरहरु र त्यसका मालिकलाई गिरफ़्तार गर्न आदेश दिइएको छ ।

उक्त भवनमा १ सय ६० जना मानिस थिए । साथै उक्त भवन जुन बिल्डरको थियो ती कामदार पनि सोही कम्पनीमा कार्यरत थिए । कुवेत टाइम्सका अनुसार यो घटना कम्पनी र उक्त भवनका मालिकको लोभलालचको नतिजा भएको टिप्पणी गरिएको छ ।


क्लिकमान्डु