स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ जना कालोसूचीमा  



काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ ऋणीले समयमा नै कर्जा भुक्तानी नगरेपछी कालोसूचीमा परेका छन् ।

बैंकबाट लिएको कर्जाको साँवा, ब्याज लगायत दस्तुर भुक्तानी नगरेपछी बैंकले कालोसूचीमा राखेको जनाएको छ ।

ऋणीले ३५ दिन भित्र कर्जाको साँवा, ब्याज, हर्जना भुक्तानी गर्न भनेको छ । बैंकबाट ब्यक्तिगत सहुलियत कर्जा लिनेमा ज्योत्सना मुडभरी, रितु महर्जन, कमला श्रेष्ठ, दिपिका मुखिया लिम्बु, निर्जला पौडेल अधिकारी, दमन्ती कुमारी थापा, सन्तोषी श्रेष्ठ रहेका छन् ।

यस्तै बैंकबाट यस्तो कर्जा लिनेमा अनिता खड्का कपाली, अकिला वानु, स्मृति साह हल्वाई, सुरेखा कुमारी दास, साकिरा खातुन हल्वाई, गुडी कुमारी र कान्ती चौधरी रहेका छन् ।


क्लिकमान्डु