दमौलीमा नयाँ एनसेल सेन्टर



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तनहुँको दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको सुभारम्भ गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्न एनसेलले व्यास नगरपालिका-३ को दमौली बजारस्थित महर्षी चोक (एसबीआई बैंक अगाडि) नयाँ सेन्टर संचालनमा ल्याएको हो ।

‘आज, भोलि, सधैँ सँगै’ नारासहित ‘हामी तपाईंकै लागि’ थिममा स्थापना गरिएको यो नयाँ सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवा लिन सक्ने छन् । एनसेलका चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले बिहीबार एक कार्यक्रममाझ नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका हुन् ।

एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ, सिमकार्ड खरिद, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत नयाँ सेन्टरबाट लिन सकिन्छ । यसैगरी ग्राहकहरुले नयाँ सेन्टरबाट आफ्नो सिम फोर जीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवा पनि प्राप्त गर्न सक्ने बताइएको छ ।

सेन्टर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले भने, “हामी विगत १० वर्षदेखि दमौलीमा रहेर ग्राहक सेवा प्रदान गर्दै आएका छौं र गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिन व्यस्त बजार क्षेत्रमा नयाँ सेन्टर संचालनमा ल्याउन पाउँदा हामी हर्षित छौं । ग्राहक सेवाका लागि स्थानीय स्तरमा नै उपस्थिति जनाई हाम्रा ग्राहकहरुलाई ‘सधैं अन’ रहन सक्षम बनाउँदै डिजिटल बन्न प्रेरित गर्नु हाम्रो उदेश्य हो ।”

रोड्रिगेजले उक्त अवसरमा कम्पनीको ‘सधैं अन’ योजनाका बारेमा प्रकाश पारेका थिए । उनका अनुसार यस्तो प्रकारको नेपालमै पहिलो योजना भएको र यसले मोबाइल डेटामा प्याक सकिएपछि मेन ब्यालेन्स काटिने समस्या हटाएर सेवामा पहुँच अझ सहज र सुलभ बनाएको छ ।

“सधैं अनले प्रयोगकर्ताहरूलाई आफ्नो मेन ब्यालेन्स काटिने डर नराखी आफ्नो डेटा सधैं अन राख्न मद्दत गर्दछ किनकि आजको डिजिटल युगमा धेरै कार्यहरू अनलाइनमार्फत नै गरिने हुनाले उनीहरू सधैं अनलाइन रहनु आवश्यक रहन्छ,” उनले भने ।

नयाँ सेन्टरले आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । यसअघि एनसेलले ट्राफिक चोक अगाडि दमौलीमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो । एनसेलले देशका विभिन्न भागमा ३० वटाभन्दा बढी एनसेल सेन्टरहरु संचालन गरेको छ ।


क्लिकमान्डु