नीतीश र नायडूलाई साथमा राख्न मोदीलाई चुनौती, पुरानो सम्बन्धले समस्या



काठमाडौं । २०१४ को लोकसभा चुनावपछि राष्ट्रिय जनतान्त्रिक गठबन्धन अर्थात एनडीएको कुनै महत्व थिएन । यो गठबन्धन एक प्रतीकभन्दा धेरै थिएन ।

२०१४ देखि २०२० को बीच एनडीएका केही महत्वपूर्ण साथी अलग भएका थिए । यसमध्ये २०२० मा शिरोमणि अकाली दल र २०१९ मा अविभाजित शिव सेना एनडीएबाट अलग भएका थिए ।

तर मोदीको तेस्रो कार्यकालमा एनडीए अचानक महत्वपूर्ण बनेको छ । यो प्रासंगिकता बीजेपीको आवश्यकताका कारण बढेको छ ।

अर्थात एनडीए अब बीजेपीलाई जरूरत छ न कि यसमा सहभागी बाँकी दलका लागि । तर २०२४को लोकसभा चुनावभन्दा पहिला अवस्था उल्टो थियो ।

जनता दल यूनाइटेड प्रमुख समेत रहेका बिहारका मुख्यमन्त्री नीतीश कुमारका अलावा तेलगू देशम पार्टीका प्रमुख चंद्रबाबू नायडू बिना मोदी तेस्रोपटक प्रधानमन्त्री बन्न नसक्ने अवस्था बनेको छ तर बिगतमा यिनीहरुले पनि कयौं पटक एनडीए छोडेका थिए ।

यस्तोमा अब प्रश्न उठ्छ, के नायडू र नीतीश कांग्रेस नेतृत्ववाला गठबन्धन इन्डिया तर्फ जान सक्छन् ?

सरकार बनाउनका लागि २७२ सिट आवश्यक पर्छ तर बीजेपीसँग २४० सिटमात्र छ ।

बीजेपीका लागि नायडू र नीतीश महत्वपूर्ण हुन् । टीडीपीको १६ र जदयूको १२ सिट छ र दुबै मिलेर नयाँ सरकारमा २८ सिटको योगदान हुनेछ ।

नीतीश कुमार र नायडूको पार्टीले खुलेर आफूहरु एनडीएको साथमा रहेको बताइसकेका छन् ।

तर, दुबै एनडीएमा आफ्ना शर्तसहित रहनेमा कुने शंका छैन । यदी यस्तो नहुने हो भने नीतीश र नायडूका लागि इन्डिया गठबन्धन पनि अछुत होइन ।

कांग्रेसले पनि नीतीश र नायडूका लागि आफ्नो ढोका खुला राखेको छ ।

कांग्रेसका वरिष्ठ नेता जयराम रमेशका अनुसार लोकसभा चुनावको नतिजा मोदीविरुद्धको जनादेश हो ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मोदी अब कार्यवाहक प्रधानमन्त्री बनेका छन् । देशले उनका विरुद्ध प्रचण्ड जनादेश दिएको छ । तर यो डेमोक्रेसीलाई डेमो-कुर्सी बनाउन चाहन्छन् ।’

चुनावको नतिजापछि बुधवार कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासमा इन्डिया गठबन्धनका नेताहरुको एक महत्वपूर्ण बैठक बसेको थियो ।

बैठकपछि खड्गेले दुई घण्टा चलेको बैठकमा कयौं सुझाव आएको बताए । उनले सही समय आए इन्डिया गठबन्धन सरकार पल्टाउनबाट नहिचकिचाउने संकेत गरे ।

‘हामी बीजेपी सरकारको विपयरित जनादेशलाई साकार गर्नका लागि सही समयमा उचित कदम उठाउने छौं’ उनले भने ।

यस बैठकमा गठबन्धनको २१ पार्टीका ३३ नेता सहभागी भएका थिए ।

यी नेताहरुको भनाइ छ कि टीडीपी नेता चंद्रबाबू नायडू र जदयू नेता नीतीश कुमारका लागि ढोका खुला राखिने छ र गठबन्धनले सही समय र मौका कुर्ने छ ।

भारतीय अंग्रेजी पत्रिका द हिन्दूले नेताहरुमा बीजेपी सरकारका विरुद्ध संसदमा विश्वासको मतको प्रस्ताव लैजाने बेलामा गठबन्धनका नेता सतर्क रहने छन् किनकी उनका लागि यसले नयाँ बाटो खोल्न सक्छ ।

स्रोतहरुलाई उदृत गर्दै समाचारमा जनाइए अनुसार समाजवादी पार्टी के प्रमुख अखिलेश यादवले इन्डिया गठबन्धन ‘ब्राण्ड मोदी’ लाई समाप्त पार्न सफल भएको बताए ।

तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक बनर्जी एकमात्र नेता थिए जसको दाबी छ कि चुनाव जीत सकेका कतिपय बीजेपीका नेता पार्टीसँगको सम्पर्कमा छन् ।

मोदीकै नेतृत्वमा सरकार बनाउन सहमत

युनाइटेड रटिडिपीले नरेन्द्र मोदीकै नेतृत्वमा सरकार बनाउने सहमति जनाएका छन्।

नयाँ दिल्लीमा बिहीबार साँझ भएको एनडिएको बैठकमा जनता दलका प्रमुख एवं बिहारका मुख्यमन्त्री नितिश कुमार र टिडिपीका प्रमुख चन्द्रबाबु नायडूले मोदीलाई प्रधानमन्त्रीमा समर्थन गर्न लिखित सहमति जनाएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ ।

उक्त बैठकमा १६ पार्टीका २१ नेता सहभागी भएका थिए । यसमा बीजेपीका तर्फबाट नरेन्द्र मोदी, जेपी नड्डा, राजनाथ सिंह र अमित शाह सहभागी भएका थिए ।

बैठकमा टीडीपीका चंद्रबाबू नायडू, जेडीयूका नीतीश कुमार, शिव सेनाका एकनाथ शिंदे गुटका एकनाथ शिंदे, जनता दल सेक्युलरका एचडी कुमारस्वामी, लोक जनशक्ति पार्टी रामविलासका चिराग पासवान, एचएएमका जीतन राम मांझी, आरएलडीका जयंत चौधरी, एनसीपीका प्रफुल्ल पटेल र असम गण परिषदका प्रमोद बोरो शामिल भएका थिए ।

मोदीलाई चुनौती

तेस्रो कार्यकालका लागि मोदी प्रधानमन्त्री हुने भए पनि सरकार सञ्चालन सहज नभएको विश्लेषकहरुको भनाइ छ । मोदीका लागि यो स्थित सहज छैन । पहिलो दुई कार्यकालमा निकै मजबूत स्थितिमा रहेका मोदीले तेस्रो कार्यकाल पूर्णरुपमा चलाउन सक्ने कतिपयको आशंका छ ।

मोदीसँग गठबन्धन सरकार चलाउने अनुभव पनि छैन । गुजरातमा जब उनी मुख्यमन्त्री थिए त्यतिबेला पनि प्रचण्ड बहुमतवाला सरकार थियो ।

बीजेपीको कमाण्ड मोदीसँग आउपछि एनडीए सानो भएको थियो । अकाली दल र शिव सेना बीजेपीको दशकौं पुराना सहयोगी रहेका थिए तर उनीहरु पनि छुटिसके ।

यसपटक मोदीले सरकार चलाउँदा सबैलाई साथ लिएर जानु पर्ने छ । जुन उनको कार्यशैलीका कारण सहज छैन । उनीसँग नायडू र नीतीश कुमारलाई साथ लिएर जाने चुनौती छ । त्यसो त मोदी दिल्ली आएपछि नीतीश र नायडूसँगको बीजेपीको सम्बन्ध तितो बनेको यथार्थ ताजै छ । नायडू र नीतीश २०१४ मा मोदी पहिलोपटक प्रधानमन्त्री बन्दा बीजेपीको बिरोधी खेमामा थिए र यस लोकसभा चुनाव भन्दा केही समयअघि मात्र एनडीमा आएका हुन् ।

नायडू मोदी सम्बन्ध

नायडू र मोदीको सम्बन्ध पनि त्यति प्रगाढ नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जब गुजरातमा २००२ मा हिंसा भएको थियो त्यतिबेला नायडू एनडीएका पहिला यस्ता नेता थिए जसले मुख्यमन्त्रीबाट मोदीको राजीनामाको माग गरेका थिए ।

अप्रिल २००२ मा टीडीपीले मोदीको विरुद्ध हिंसालाई रोक्ने र साम्प्रदायिक हिंसाका पीडीतलाई राहत दिन असफल भएको प्रस्ताव नै पारित गरेको थियो ।

जब आन्ध्र प्रदेशमा टीडीपीले १६ सीट पायो र नायडू सत्ताका किंगमेकरको भूमिकामा देखिए तब सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मोदीको २०१९ को आंध्र प्रदेशमा गरेको भाषणलाई सेयर गरिरहेका छन् । उक्त भाषणमा मोदीले नायडूलाई ‘आफ्ना ससुराको ढाडमा छुरा घोप्नेवाल’ बताएका थिए ।

नीतीश मोदी सम्बन्ध

नीतीश कुमार र मोदीको सम्बन्ध पनि त्यति राम्रो मानिँदैन । सत्ताका लागि गठबन्धन फेर्न र जस्तो सुकै हर्कत गर्न पछि नपर्ने नीतीशलाई लिएर मोदीले लामो समय सरकार टिकाउन सक्नेमा धेरैको आशंका छ ।

नीतीश र मोदीको सम्बन्ध यसअघि बिग्रिएको थियो । नीतीश कुमारले जब २०१३ मा एनडीएसँगको गठबन्धन तोडे त्यतिबेलाको कारण मोदी नै थिए ।

त्यतिबेला बीजेपीले मोदीलाई चुनावी अभियानको प्रमुख बनाएको थियो । नीतीशले बीजेपीले प्रधानमन्त्रीको उम्मेदवार मोदीलाई नै बनाउने अनुमान गरिसकेका थिए, जुन उनलाई मन परेको थिएन ।

नीतीशलाई मोदीको नेतृत्वमा एनडीएमा रहे आफ्ना मुस्लिम भोटर बाहिरिने लागेको थियो । त्यति मात्र होइन नीतीश कुमारले २०१३ भन्दा पहिला अर्थात २०१० को बिहार विधानसभा चुनावमा मोदीला बिहारमा चुनाव प्रचार गर्न सम्म जान दिएका थथिएनन् । नीतीशले यस्तो २००५ को बिहार विधानसभा चुनावमा पनि गरेका थिए ।

नीतीशले गठबन्ध फेर्नु भारतको राजनीतिमा यस्तो प्रक्रिया बनेको छ कि जसले कसैलाई अचम्मित बनाउँदैन तर के गर्छन् भन्ने खुलदुली बनाइरहन्छन्, कतिबेला कसलाई उनले मुख्य भूमिकामा ल्याउँछन् भनेर । अब १२ सिटका साथ रहेका नीतीशलाई आफ्नो साथमा राखिराख्न मोदीलाई चुनौती हुनेछ ।

विपक्षसँग कांग्रेससँग बीजेपीसँग जोडिएकाहरु आफ्नो पक्षमा आउन सक्ने आशा छ जुन बीजेपी र मोदीका लागि चिन्ताको विषय हो ।


क्लिकमान्डु