लाखौं मानिसको ४ अर्ब ५० करोड डलर डुबाइदिने ‘क्रिप्‍टो क्‍वीन’ कहाँ छिन् ?



अर्सफोर्ड युनिभर्सिटीमा पढेकी रुजा, जो विश्वभरका लाखौं मानिसको साढे ४ अर्ब डलर डुबाएर फरार भइन् । निजी सुरक्षाका लागि एक शक्तिशाली आपराधिक गिरोहका नाइकेलाई मासिक एक लाख युरो तिर्ने गरेकी यी सुन्दरी कहाँ छिन्, कसैलाई जानकारी छैन ।

एजेन्सी । अक्टोबर २०१७ मा रुजा इग्नातोवाले बुल्गेरियाको राजधानी सोफियाबाट ग्रिसको राजधानी एथेन्सको फ्लाइट समातेकी थिइन् । त्यसपछि उनी सार्वजनिक रुपमा कतै देखिएकी छैनन् । रुजा इग्नातोवा बुल्गेरियाको एक महिला हुन् । जसको खोजी अमेरिकाको फेडरल इन्भेस्टिगेसन एजेन्सीले गरेको छ ।

रुजाले क्रिप्टोकरेन्सीमा पैसा लगानी गर्ने नाममा लगानीकर्ताहरुको ४ अर्ब ५० करोड डलर डुबाइसकेकी छन् । र त्यसपछि उनी कहाँ बेपत्ता भइन् ? कसैलाई जानकारी छैन । बीबीसी लगायतका मिडियाले केही वर्षदेखि नै उनको खोजी गरे ।

अनुसन्धानको क्रममा रुजाको बुल्गेरियाको एक संदिग्ध संगठित अपराधका नाइकेसँग सम्बन्ध रहेको र उनको निर्मम हत्या गरिएको समेत समाचार आएका छन् । तर के रुजाले त्यति ठूलो लगानीको नाफा लिन पाइन् ? वा लगानीका लागि उनलाई पैसा दिनेहरुले उनको हत्या नै गरे ?

को हुन् क्रिप्टोक्विन रुजा ?

अक्सफोर्ड युनिभर्सिटीबाट पढाइ गरेकी रुजाको जन्म बुल्गेरियामा भएको थियो । र जर्मनीमा उनको हुर्काइ भयो । २०१४ मा वानक्वाइन नामको क्रिप्टोकरेन्सी लन्च गर्नुभन्दा पहिले रुजाले फाइनेस क्षेत्रमा आफ्नो लोभलाग्दो करिअर बनाइन् । रुजाले विश्वभरका लाखौं मानिसहरुलाई वानक्वाइनमा लगानी गर्नका लागि सहमत बनाएकी थिइन् । र उनले सबैलाई लगानी गरेको केही समयमै सुरुवाती लगानीको केयौं गुणा नाफा हुने भन्दै लोभ देखाएकी थिइन् ।

तर यथार्थमा मानिसहरुमाझ डा. रुजाको नामबाट उनी विस्तारै एक चतुर लगानीकर्ता हुँदै फर्जीको रुपमा चिनिन थालिन् । जवकि उनीहरुसँग कुनै डिजिटल प्रमाण छैन । अन्तत उनलाई जर्मनी र अमेरिकाका अनुसन्धानकर्ताहरुले कडाइ गर्न थाले ।

अक्टोबर २०१७ को एक बिहान रुजाले बुल्गेरियाको राजधानी सोफियादेखि एथेन्सका लागि रेयानएयरको फ्लाइट समातेकी थिइन् । त्यसपछि भने उनी कतै देखिएकी छैनन् । बीबीसीमा प्रकाशित समाचार अनुसार बीबीसीको अनुसन्धान टोलीले पछिल्लो एक वर्षयता उनको अवस्थाबारे खोजी गरिरहेको छ । तर उनी जीवीत छन् कि छैनन् भन्ने पनि अन्योल छ ।

तर उनको नजिक भएका मानिसहरुबारे अनुसन्धानको क्रममा केही सन्दिग्ध मानिसहरुको नाम सार्वजनिक भएको छ । सबैभन्दा पहिले अमेरिकाको एफबीआईसँग मिलेर इन्टरनल रेभेन्यु सर्भिसका रिचार्ड राइनहार्टले वानक्वाइनविरुद्ध छानबिन गरेका थिए । रिचार्डले बीबीसीलाई दिएको जानकारी अनुसार एक त्यस्ता मानिसको नाम खुलासा भएको छ कि जसको त्यसअघि कसैले नाम लिएको थिइन।

ती व्यक्तिको नाम हो ह्रिस्टोफोरोस निकोस अमानाटीडीस हो । जसलाई बुल्गेरियामा आम मानिसहरु टाकीको नामबाट चिन्छन् ।
२०२३ मा रिचार्डले बीबीसीलाई भनेका थिए, ‘हामीलाई थाहा भए अनुसार ड्रग्सको कारोबारसँग जोडिएका एक ज्यादै संदिग्धलाई रुजाको सुरक्षाको जिम्मेवारी दिइएको थियो । अनुसन्धानको क्रममा टाकीको जिकिर कैयौं पटक आयो । अनुसन्धानको क्रममा टाकीको नाम पटक पटक आइरह्यो ।’

जवकि २०१९ मा अमेरिकी सरकारका वकिलहरुले रुजाको सुरक्षा टोलीका प्रमुख बुल्गेरियामा संगठित अपराधका एक ठूला गिरोहका नाइके भएको कुरा रिचार्डलाई जानकारी दिएका थिए । अमेरिकी वकिलहरुले भने ती व्यक्तिको नाम लिएका थिएनन् । साथै बुल्गेरियामा ड्रग्स तस्करी गर्ने एक शक्तिशाली मानिस वानक्वाइनसँग अति नजिक जोडिएका छन् । उनी रुजाका निजी सुरक्षाकर्मी पनि भएको अनुसन्धानमा खुलासा भएको थियो ।

अमेरिकामा एक दिन पहिले नै अमेरिकी सरकारका एक वकिलले भनेका थिए, “रुजाको सुरक्षा टोलीका मुख्य व्यक्ति उनै थिए जसको हात रुजा बेपत्ता हुनुमा पनि थियो ।” अदालतमा अर्का वकिलले भने अनुसार रुजा स्वयं यति चलाख अपराधी थिइन् कि जसको बारेमा कसैलाई अनुमान पनि थिएन ।”

यसवाहेक युरोपोलको केही दस्तावेजबाट के पनि खुलासा भएको थियो भने २०१७ मा रुजा बेपत्ता हुनुअघि उनी र टाकीबीच सम्बन्ध खुलेको थियो । र त्यसबारे बुल्गेरियाको प्रहरीले खोजी गरिरहेको थियो । जहाँ वानक्वाइनको वित्तीय नेटवर्कको प्रयोग ड्रग्स तस्करीबाट हुने कमाइलाई मनी लन्ड्रिङमा लगाइरहेको बारे पनि प्रहरीले खोजी गरिरहेको थियो ।

आफ्नो देश बुल्गेरियामा टाकीको हैसियत एक पौराणिक पात्र जस्तो थियो । जसलाई बुल्गेरियाको एल चापो वा पाब्लो एस्कोबार जस्तै गरी मानिन्थ्यो । र उनी आफ्नो देशमा एक संगठित अपराधको गिरोह चलाउने नाइके वा प्रभावशाली ड्रग्स माफिया हुन् । उनीमाथि प्रहरीले थुप्रै मुद्दामा अनुसन्धान गरिसकेको पनि थियो । जवकि उनलाई बुल्गेरियाको सरकारले सजाय दिन सकिरहेको थिएन ।

इन्टरपोलले टाकीविरुद्ध रेड नोटिस पनि जारी गर्‍यो । तर टाकी भ्रष्ट अधिकारीहरुसँग मिलेर गिरोहका नेटवर्क चलाउँथे । टाकी एक भूत जसरी लुकेर बसेका हुन्थे । मानिसहरु उनको बारेमा सुनेका मात्रै हुन्थे । तर देख्न सक्दैनथे ।

हाल टाकि दुबइमा बसेका छन् भनिन्छ । जहाँ रुजाले एक सानदार पेन्ट हाउस किनेकी थिइन् । वानक्वाइनको रकमबाट कमाएको करोडौं डलर पनि रुजाको दुबइको बैंक खातामा जम्मा गरिएको थियो । रुजा र टाकी पहिलो पटक कहिले भेट गरेका थिए भन्ने यकिन छैन । र टाकी पनि वानक्वाइनको धोकाधडीमा सामेल थिए कि थिएनन् भन्ने पनि जानकारीमा छैन । तर केही स्रोतहरुका अनुसार दुइबीच निजी सम्बन्ध थियो । टाकी रुजाकी छोरिका गडफादर थिए । रुजा आफ्नो सुरक्षाको लागि टाकीलाई हरेक महिना एक लाख युरो पैसा दिने गरेको पनि अनुसन्धानमा खुलेको बीबीसीले उल्लेख गरेको छ ।


क्लिकमान्डु