अर्बपति मर्डोकले ९३ वर्षमा पाँचौंपटक विवाह गरे



एजेन्सी । विश्वप्रसिद्ध मिडिया उद्यमी तथा अर्बपति रुबर्ट मर्डोकले ९३ वर्षको उमेरमा पाँचौं पटक विवाह गरेका छन् । द सनले उनको नवदम्पतीको तस्बिर सार्वजनिक गर्दै यसबारे समाचार लेखेको छ । ६७ वर्षिया एलेना जुकोभासँग उनले विवाह गरेको तस्बिर सार्वजनिक भएको छ ।

अष्ट्रेलियन अर्बपति मर्डोक मिडिया व्यावसायमा प्रसिद्ध व्यक्ति हुन् भने रुसमा जन्मिएकी एलेना आणविक जीववैज्ञानिक हुन् । आफूहरुले इंगेजमेन्ट गरेको घोषणा गरेको ३ महिनापछि यो जोडीको क्यालिफोर्नियास्थित एक गार्डेनमा सँगै बसेको तस्बिर सार्वजनिक भएको हो ।

मर्डोक बेलायती ट्याबलोइड द सनका मालिक पनि हुन् । मर्डोक दसकौंसम्म फक्स कर्पोरेसन र न्युज कर्पका प्रमुख थिए । जस अन्तर्गत वालस्ट्रिट जर्नल, न्युयोर्क पोष्ट र फक्स न्युज जस्ता मिडिया सञ्चालित छन् ।

मर्डोकको साथमा हाल ९ अर्ब ७७ करोड अमेरिकी डलरको सम्पत्ति रहेको बताइन्छ । २०२३ मा भने उनले दुबै कम्पनीको नेतृत्वको रुपमा पद छाडेर आफ्नो छोरालाई हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत वर्षको समर सिजनदेखि उनले एलेनासँग डेट गरिरहेका थिए । र मार्चमा इंगेजमेन्ट घोषणा गरेका थिए । मर्डोकले यसअघि अमेरिकी चर्चित मोडल जेरी हलसँग विवाह गरेका थिए । र २०२२ मा उनीहरुको सम्बन्ध विच्छेद भएको थियो । एलेना भने रुसी पूर्वशासक रोमन अब्रामोबिचकी पूर्वपत्नि हुन् । जो हाल अमेरिकामा बस्दै आएकी छन् ।


क्लिकमान्डु