बालेनले धुलो थुपारिदिएपछि मन्त्रीले भने: न्युरोडको सडकमा भइरहेको तोडफोड कानुनसम्मत छैन



काठमाडौं । उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोडमा अहिले तोडफोड भइरहेको र त्यो कानुनसम्मत नभएको बताएका छन् ।

शनिबार काठमाडौं महानगरका मेयर बालेन शाहले सडक डिभिजन कार्यालय अघि धुलो थुपारिदिएपछि महासेठले न्युरोडको सडकमा भइरहेको तोडफोड कानुनसम्मत नभएको बताए ।

‘न्युरोडमा जुन अहिले तोडफोड भइरहेको छ,’ आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपपप्रधानमन्त्री महासेठले भने, ‘न्युरोडमा भएका क्रियाकलाप कानुनसम्मत छैन ।’

महानगरले न्युरोडमा सडक तोडफोड गरिरहेको त्यसो नगर्न भौतिक मन्त्रालयले महानगरलाई सचेत गराएपछि बालेन आक्रोशित बनेका हुन् ।

कलंकी–महाराजगञ्ज सडक विस्तारका लागि बालेनले उल्लेख गरेको विषयलाई आफूले सकारात्मक रुपमा लिएको बताए ।


क्लिकमान्डु