प्रभु बैंकका ग्राहकलाई भास्कर आई केयर सेन्टरमा छुट



काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुका लागि बिराटनगरस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रालिले अन्तरंग तथा बहिरंग सेवामा विशेष छुट दिने भएको छ ।

प्रभु बैंक र भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरबीच भएको सम्झौता अनुसार ओपीडी सर्जरी, शल्याक्रिया, पावर चस्मा, औषधि खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्ने सहमति भएको हो ।

एक समारोहबीच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरका संचालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकको कोशी प्रदेश शाखाका प्रमुख ब्यापार केन्द्र अधिकृत बद्री कुमार कटवालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्डमध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा पेस गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले निरन्तर स्तरीय आँखा सम्बन्धी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा १ हजारदेखि १ हजार ५ सयसम्मको छुट व्यवस्था छ ।


क्लिकमान्डु