विकास बैंकहरुको ब्याज बक्यौता ह्वात्तै बढ्यो, कामना सेवाले घटायो



काठमाडौं । विकास बैंकहरुको उठ्न बाँकी ब्याज ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको ब्याज बक्यौता ७ अर्ब ६० करोड रुपैयाँ पुगेको हो ।

यी विकास बैंकहरुको ब्याज वक्यौता गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा १ अर्ब ६१ करोड रुपैयाँले बढेको हो ।

राष्ट्रिस्तरका विकास बैंकहरुको प्रकाशित विवरणअनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म उनीहरुको ब्याज वक्यौता ५ अर्ब ९८ करोड रुपैयाँ थियो । यस्तो रकम २०८० चैत मसान्तसम्म ठूलो मात्राले विस्तार भएको हो ।

उनीहरुले गत आवको चौथो त्रैमासमा ब्याज वक्यौता १ अर्ब ६८ करोडले घटाएर ४ अर्ब ३० करोडमा झारेका थिए । तर, ९ महिनामा यस्तो ब्याज ३ अर्ब ३० करोडले बढेको छ ।

विकास बैंकहरुको विवरणअनुसार गत आवको चौथो महिनामा पौने २ अर्ब ब्याज वक्यौता उठेकामा यस वर्ष कति उठ्छ भने हेर्न बाँकी छ ।

१ वर्षको अवधिमा ब्याज वक्यौता घटाउने एकमात्र विकास बैंक कामना सेवा हो । गत आवको चैतको तुलनामा चालू आवको चैतमा बैंकको ब्याज वक्यौता ७१ करोड २० लाख थियो जसलाई बैंकले ६६ करोडमा झारेको छ । यस अवधिमा मुक्तिनाथको ब्याज वक्यौता ५५ करोड, ज्योति विकासको १८ करोड, गरिमाको २४ करोड, शांग्रिलाको १३ करोड, महालक्ष्मीको १२ करोड, लुम्बिनीको ३० करोड र शाइन रेसुंगाको १३ करोडले बढेको छ ।

चैत मसान्तको तथ्यांकअनुसार सबैभन्दा बढी ब्याज वक्यौता मुक्तिनाथको १ अर्ब ५२ करोड छ भने ज्योति विकास र गरिमाको पनि १ अर्ब बढी ब्याज उठ्न बाँकी छ । विवरणअनुसार लुम्बिनीको ९९ करोड, शांग्रिलाको ७६ करोड, महालक्ष्मीको ७५ करोड, कामना सेवाको ६६ करोड र शाइन रेसुंगाको ६० करोड रुपैयाँ ब्याज वक्यौता छ ।

बैंकहरुले ब्याज नउठेपनि नाफा–नोक्सानी खातामा आम्दानी देखाउनुपर्छ र सो आम्दानीको कर तिर्नुपर्छ भने कर्मचारी बोनस पनि छुट्याउनुपर्ने व्यवस्था छ । यस्तो लेखांकन पद्दतीलाई एक्रुअल बेसिस भनिन्छ । तर, खुद नाफामा नउठेको ब्याज गणना भएपनि वितरणयोग्य नाफामा भने देखाउन पाउँदैनन् । नउठेको ब्याजलार्ई बैंकहरुले रेगुलेटरी एड्जस्टमेन्ट शीर्षकमा राखेका हुन्छन् ।

उठ्न बाँकी ब्याज कुन विकास बैंकको कति ?


क्लिकमान्डु