रविले संसद्‍मा भने: संसद्‍मा बोल्न कांग्रेसको अनुमति लिनु पर्ने यो कस्तो लोकतन्त्र ?



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरेका छन् ।

आइतबार लामिछानेले कांग्रेसको अनुमति लिएर बोल्नु पर्दा दुख लागेको बताए ।

संसदमा कानुन बनाउनका लागि बोल्न पाउनु भए पनि बोल्न पनि कांग्रेसले दिनु पर्ने अवस्था बन्नु दुखद् भएको बताए ।
‘अर्को पार्टीको सांसदलाई कांग्रेसले बोल्न दिने रहेछ । लोकतन्त्रको यो कस्तो अभ्यास हो ?’ लामिछानेले भने,’कांग्रेस विपी र गणेशमानको पार्टी होइन यो ?’


क्लिकमान्डु