सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले अपोलो हस्पिटलमा छुट पाउने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा सेवाग्राहीले अपोलो हस्पिटलमा छुट पाउने भएका छन् ।

आज बैंक र अस्पतालबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलका प्रमुख कार्यकारी अधिकृत तथा दुगर ग्रुपका उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अपोलो हस्पिटलले बैंकका गा्रहक तथा कर्मचारीहरुलाई १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्यु दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका संजालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको व्यवहोरा समेत जानकारी गराइन्छ ।


क्लिकमान्डु