आगामी आवबाट शिक्षकको तलब मासिक रूपमा आउने, शिक्षकले छात्रवृत्ति पाउने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलव मासिक रुपमै भुक्तानी गर्ने भएको छ । हाल सरकारी विद्यालयका शिक्षकले चौमासिक रुपमा तलब पाउँदै आएका छन । आगामी वर्षदेखि नै यो प्रणालीलाई सुधार गरिने भएको हो ।

सरकाले आगामी आर्थिक वर्षखदेखि शिक्षकलाई पनि छात्रवृत्ति प्रदान गर्ने भएको छ । प्राविधिक शिक्षालको व्यवस्थापन र सञ्चालन प्रदेशतहबाट गराउने भएको छ । विभिन्न क्षेत्रमा सीप विकास गर्न १० कक्षा उर्तीण विद्यार्थीलाई विभिन्न कार्यक्रम पनि सञ्चालन हुनेछ ।

माध्यमिक विद्यालयमा अंग्रेजी, विज्ञान र गणित विषय पठाउन स्टर्नसीपको व्यवस्था गर्ने, सरकारी सामूदायीक विद्यालयका शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने कानूनी व्यवस्था पनि सरकराले गर्ने भएको छ ।


क्लिकमान्डु