राष्ट्रपतिले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम चलाउने भनेपछि संसदमा ‘हाँसो’



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम चलाउने उद्घोष गरे पछि संसदमा हाँसो छाएको छ । राष्ट्रपति पौडेलले महिलालाई आर्थिक रुपमा सक्षम, सबल र सबल बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने घोषणा गरेपछि सांसदहरु मुखामुख गर्दै हाँसो गरेका हुन् ।

सरकारले वडा केन्द्रीत विशेष महिला र सामाजिक विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

घोषण भएपछि सुरुमा गाइँगुइँ चलेको देखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं हाँसेका थिए । यद्यपि, राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्ने क्रमलाई भने निरन्तरता दिए ।


क्लिकमान्डु