२४९ वटा सवारी साधन लिलाम गर्दै जलेश्वर भन्सार, पल्सर बाइकको न्यूनतम मूल्य ३६ हजार



काठमाडौं । जलेश्वर भन्सार कार्यालय महोत्तरीले दर्ता हुने खालका २४९ वटा सवारी साधन लिलाम बिक्री गर्ने भएको छ ।

विभिन्न समयमा चोरी निकासी/पैठारी अभियोगमा कार्यालयमा दाखिला भइ जफत भएका सवारी साधन गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट लिलामी बढाबढमा बिक्री गर्न लागेको हो ।

२४५ वटा दुई पांग्रे सवारी र ४ वटा तीन पांग्रे सवारी गरि दर्ता हुने २४९ वटा सवारी लिलामीमा राखेको हो ।

त्यस्तै दर्ता नहुने पत्रुमा बिक्रीका लागि मोटरसाइकल १९५ र स्कुटर २ थान, दर्ता नहुने तीन पांग्रे ४ थान र चार पांग्रे कार जीप भ्यान १० थान लिलामीमा राखेको हो ।

१५० सीसीको बजाजको मूल्य न्यूनतम ३६ हजार ४ सयसम्मको रहेको सूचनामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु