इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज, कसैको लिनुदिनु बाँकी भए के गर्ने ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले इ-नेट पेमेन्टको अनुमतिपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले कम्पनीलाई भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको हो ।

केन्द्रीय बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्नेगरी वि.सं. २०७६ फागुन २१ गते अनुमतिपत्र प्राप्त गरेपनि इ-नेट पेमेन्टले निर्देशनको परिपालना नगरेकाले कारबाही गरिएएको हो ।

भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १(ग) को व्यवस्थाबमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूणर् प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज भएको हो ।

कम्पनीको अनुमतिपत्र जेठ ३१ गतेदेखि लागू हुने गरी खारेज गरिएको हो । यदी कोही कसैले इ-नेट पेमेन्टसँग लेनदेन/दायित्व बाँकी रहेको भए सोही कम्पनीमा सम्पर्क गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ ।


क्लिकमान्डु